Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

मौद्रिक नीतिमा घोषित बिषयहरु क्रमशः अर्को सर्कुलरमा आउँछ: प्रवक्ता राष्ट्र बैंक

मौद्रिक नीतिमा घोषित बिषयहरु क्रमशः अर्को सर्कुलरमा आउँछ: प्रवक्ता राष्ट्र बैंक

अर्थ प्लस
मौद्रिक नीतिमा घोषित बिषयहरु क्रमशः अर्को सर्कुलरमा आउँछ: प्रवक्ता राष्ट्र बैंक

काठमाडौं, साउन १७ ।समेटिएको बिषयहरुमा केन्द्रिय बैंकले परिपत्र जारी गरेपनि सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिएको छुटमा भने तत्कालका लागि कुनै निर्णय भने गरेको छैन।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले मौद्रिक नीतिमा समेटिएका बिषयहरु क्रमश आउने क्रममा रहेको र शेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज गर्ने व्यवस्था मात्रै नभई अन्य बिषयहरु पनि क्रमश जारी हुने तयारीमा रहेको बताएका छन् ।

राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न जारी गरेको सर्कुलरमा छुटेका विषयहरु पुनः अर्को सर्कुलरमार्फत क्रमशः आउने उनले जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले मौद्रिक नीतिमा भएका व्यवस्थाहरु क्रमशः कार्यान्वयन गर्दै लगिने बताएका छन् । उनले घोषित व्यवस्थाबाट राष्ट्र बैंकपछि नहट्ने र बुधबार सर्कुलरमार्फत नआएका विषय अर्को सर्कुलरमार्फत पुनः आउने बताए । उनले भने, ‘घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि हट्दैन ।’

मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिइएको २० करोड रूपैयाँको सीमा हटाउन नेपाल राष्ट्र बैंकले आनाकानी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर बैंकको प्रोभिजन, बैंकदर, नितिगत दर र व्यवसायीलाई राहत पुग्ने गरी ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन संसोधन र कर्जाको वर्गीकरण जस्ता विषयमा संसोधन गरेपनि मौद्रिक नीतिमा समेटिएको संस्थागत शेयर लगानीकर्तालाई लगाएको क्याप भने वुधवार जारी सर्कुलरमा नहटाएको कारण लगानीकर्ताहरु अच्चममा परेका छन्।

मौद्रिक नितिमा यसतर्फ राष्ट्र बैैंकको ध्यान परेको भन्दै आईतबार शेयर बजारमा उछाल समेत छाएको थियो । बिशेषत यो निर्णय पनि लगानीकर्ताहरुले मौद्रिक नितिमा व्यक्तिगत मार्जिन क्याप नहटेपनि सन्तृष्ट हुने बाटो देखेका थिए । सो को प्रभाव शेयर बजारमा यो साताभर देखिएको छ। शेयर बजारमा बर्षको उच्च कारोबार र २८ सयको विन्दुमा समेत पुगेर २७५४ को विन्दुमा झरेको ।

शेयर बजारमा उचित व्यवस्था नल्याएको भन्दै लगानीकर्ताबाट चर्को आलोचना खेप्नु परेको कारण आफनो अन्तिम कार्यकालमा शेयर बजारमा केही गर्न मौद्रिक नितिमा सेयर धितो कर्जाको क्याप घटाउने बिषय किन नसमेटिएको भन्दै शेयर बजारमा केही कैतुहलता भने ल्याएको छ। आज नेप्से परिसूचकले २८०० को गरि पुन २७५५।६२ को विन्दु कायम भएको छ।

सम्बन्धित समाचार