Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, साउन २०  घरेलु बजारमा आज सुनको सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार २ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार