Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलर, जापानी येनदेखि रिंग्गिटसम्म बलियो बन्दा कमजोर बन्यो नेपाली मुद्रा

अमेरिकी डलर, जापानी येनदेखि रिंग्गिटसम्म बलियो बन्दा कमजोर बन्यो नेपाली मुद्रा

अर्थ प्लस
अमेरिकी डलर, जापानी येनदेखि रिंग्गिटसम्म बलियो बन्दा कमजोर बन्यो नेपाली मुद्रा

काठमाडौं, साउन २२  मङ्गलबार अमेरिकी डलर महँगो बन्दा नेपाली रुपैयाँ भने कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर आज एक अमेरिकी डलरका लागि १३४ रुपैयाँ ४६ पैसा खर्च गर्नुपर्ने भएको छ भने यसअघि १३३ रुपैयाँ ७१ पैसा रहेको थियो।

सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको हो । यसअघि अमेरिकी डलर बिक्री मूल्य १३४ रुपैयाँ ३१ पैसा तोकिएकोमा आज बढेर खरिद दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ । 

यसैगरी, युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिदमा १४५ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४६ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको युरोपियन युरोको भाउ बढेर आज खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ २१ पैसा पुगेको छ । 

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ४४ पैसा रहेकोमा आज घटेर खरिदमा ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७० पैसामा झरेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

यता, जापानिज येनको भाउ पनि बढेको छ । यसअघि १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १७ पैसा रहेको जापानी येन आज खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा पुगेको छ ।  

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिंग्गिट एकको खरिदमा ३० रुपैयाँ २५ पैसा र बिक्रीमा ३० रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९ रुपैयाँ ८५ पैसा र कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ ३५ पैसा र बिक्री दर ४४० रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 

विस्तृत तालिकामा हेर्नुस्

inimaya.JPG

सम्बन्धित समाचार