Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

उद्योगपति श्रवणकुमार अग्रवालको निधन

उद्योगपति श्रवणकुमार अग्रवालको निधन

अर्थ प्लस
उद्योगपति श्रवणकुमार अग्रवालको निधन

काठमाडौं, साउन २२  संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । पशुपति आर्यघाटमा आजै उनको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।

 

सम्बन्धित समाचार