Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

एक महिनाभित्र १९ हजार टन चिनी ल्याउन सरकारको अनुमति, एउटा फर्मको कोटा २६०० टन

एक महिनाभित्र १९ हजार टन चिनी ल्याउन सरकारको अनुमति, एउटा फर्मको कोटा २६०० टन

अर्थ प्लस
एक महिनाभित्र १९ हजार टन चिनी ल्याउन सरकारको अनुमति, एउटा फर्मको कोटा २६०० टन

काठमाडौं, साउन २४  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट १९ हजार चिनी आयात गर्न इच्छुक फर्म÷कम्पनीसँग प्रस्ताव मागेको छ।

विभागले आउँदै गरेका चाडपर्वलाई लक्षित गरी भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार टन चिनी आयात गर्न कोटेसन खुलाएको हो।

पाँच दिनभित्र चिनी आयात गर्न इच्छुक प्रस्ताव पेस गर्न सक्ने विभागको सूचनामा भनिएको छ।

 

चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ।

१९ हजार टन बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २६०० टन कोटा नघट्ने गरी समानुपातिक बाँडफाँट गरिने विभागको सूचनामा उल्लेख छ।

विभागका अनुसार सात बढी कम्पनीबाट आवेदन परे सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइनेछ।

भारतले कोटाको चिनी आयात गर्न आगामी ३० सेप्टेम्बरसम्म समयावधि तोकेको छ। 

अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए  खारेज हुने विभागको सूचनामा उल्लेख छ।

अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिनभित्रै जानकारी दिनुपर्नेछ।

चिनी आयात अनुमति पाएका कम्पनीले विभागबाट अनुमति लिएको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातीत चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त राखिएको छ।

चिनी आयात अनुमति प्राप्त कम्पनीबाट आयातीत चिनी मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा बुझाउनुपर्नेछ भने चिनीको गुणस्तर समेत सरकारले तोकेबमोजिम हुनुपर्ने सर्त सूचनामा उल्लेख छ। 

d37dc8cd-558f-4a40-b50e-09df0a279a2e-1723113914.jpeg

सम्बन्धित समाचार