Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

काठमाडौं, ८ माघ । सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर आज माघ ८ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको १ लाख ७६ हजार ४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी इमानबहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता र नवराज गुरागाईंको नाममा रहेको ५ हजार ३० कित्ता संस्थापक शेयर रहेको छ।

यो शेयरमा संस्थापक शेयरधनीहरुबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेको बैंकले जनाएको छ।

अब इच्छुक लगानीकर्ताले १५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

सम्बन्धित समाचार