काठमाडौं, साउन २५ । माछापुच्छ्रे बैंक र एजुकेसन कन्सलट्यान्सी एसोसिएसन अफ नेपाल (ई–क्यान झापा) विशेष बैंकिङ सेवा उपलब्ध गराउन व्यावसायिक सम्झौता भएको छ।
सम्झौतामा ई–क्यान झापाका अध्यक्ष रोशन सुवेदी तथा बैंकका सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे।
सम्झौतापछि ई–क्यान झापामा आबद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउनेछ।
ई–क्यान झापमा आबद्ध परामर्शदाताको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्नेलगायत सेवा बैंकका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन्।
बैंकले हाल १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित इकाइ, २०० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
