काठमाडौँ, साउन २८ । नबिल बैंकले विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ १७ गते सभा बोलाएको हो ।
सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका प्रस्तावमा छलफल गरिने कम्पनीले बताएको छ ।
