Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

१३ अर्बले घट्यो निक्षेप संकलन, अन्य सूचक कस्ता ?

१३ अर्बले घट्यो निक्षेप संकलन, अन्य सूचक कस्ता ?

अर्थ प्लस
१३ अर्बले घट्यो निक्षेप संकलन, अन्य सूचक कस्ता ?

काठमाडौँ, साउन २८ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २५ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।

साउन २४ गते भने बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३२ अर्ब निक्षेप संकलन भएकोमा २५ गते १३ अर्बले निक्षेप संकलनमा गिरावट आएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि १३ अर्बको गिरावट आएको हो । असार २४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २५ गते ५६ खर्ब ९० अर्ब निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । गत बिहीबारसम्म ५१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएकोमा शुक्रबार भने ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ । वाणिज्य बैंकहरुले गत शुक्रबारसम्म ४५ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९४ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।

सम्बन्धित समाचार