Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

झण्डै ३० अर्ब वाणिज्य बैंकहरुको आयकर, कुनको कति ?

झण्डै ३० अर्ब वाणिज्य बैंकहरुको आयकर, कुनको कति ?

अर्थ प्लस
झण्डै ३० अर्ब वाणिज्य बैंकहरुको आयकर, कुनको कति ?

काठमाडौँ, साउन २९ । वाणिज्य बैंकहरुको आयकर झण्डै ३० अर्ब पुगेको छ । गत आवको वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर तिर्ने भएका हुन् ।

बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो । आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

वाणिज्य बैंकहरुले तिर्ने कर गत आवमा १६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आव २०७९–८० मा वाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपैयाँ आयकर तिरेका थिए ।

कुन बैंकको आयकर कति ?

नविल बैंक – दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार

प्रभु बैंक – दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार

ग्लोबल आईएमई बैंक – दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार

एभरेस्ट बैंक – एक अर्ब ९० करोड चार लाख १७ हजार

राष्ट्रिय वाणिज्य बैंक – एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार

प्राइम कर्मशियल बैंक – एक अर्ब ६५ करोड ३९ लाख १८ हजार

कृषि विकास बैंक – एक अर्ब ६४ करोड तीन लाख१५ हजार

कुमारी बैंक – एक अर्ब ६२ करोड पाँच लाख २९ हजार

स्ट्यान्डर्ड चार्टर्ड बैंक – एक अर्ब ४१ करोड ८१ लाख २३ हजार

सिद्धार्थ बैंक – एक अर्ब ३४ करोड ४५ लाख ७० हजार

लक्ष्मी सनराइज बैंक – एक अर्ब २३ करोड ५७ लाख ३३ हजार

नेपाल बैंक – एक अर्ब २३ करोड ४६ लाख ९५ हजार

हिमालयन बैंक – एक अर्ब २० करोड ८३ लाख २२ हजार

एनएमबी बैंक – एक अर्ब ६६ लाख २६ हजार

सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार

नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार

सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार

माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार

एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार

सम्बन्धित समाचार