काठमाडौँ, साउन ३२ । नबिल बैंक लिमिटेडले भोली भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याज दिनेछ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ४.५० देखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.५० देखि ६ प्रतिशत ब्याज दिने छ त्यस्तै रेमिट्यान्स मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिने बंैकले जनाएको छ ।
बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको साउन मसान्तसम्मको बेसरेट ७.६३ प्र्रतिशत रहेको छ ।
