Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ? (सूचीसहित)

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ? (सूचीसहित)

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ? (सूचीसहित)

काठमाडौ, ९ माघ । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ३ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो ।

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा)योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

1.JPG

सम्बन्धित समाचार