Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

अर्थ प्लस
नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

सोमवार, भदौ १७ २०८१

काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रा.लि.बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयर सञ्चालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार