Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा योजना सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा योजना सार्वजनिक

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा योजना सार्वजनिक

बुधवार, भदौ १९ २०८१

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक कर्जा योजना ल्याएको हो । बैंकले प्रदान गर्ने शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । 

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ । उक्त कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखा सम्पर्क गर्ने सकिने बैंकले बताएको छ ।

सम्बन्धित समाचार