Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पूर्वाधार निर्माणमा तीन विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

पूर्वाधार निर्माणमा तीन विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

अर्थ प्लस
पूर्वाधार निर्माणमा तीन विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

अर्थ प्लस
बुधबार, माघ १०, २०८०
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी बैंकले वाग्मती प्रदेशको काठमाडौं महानगरपालिका–४ मा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भएपछि बैंकले विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार