Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

बन्द भएको सात महिनापछि काबेली बी-१ जलविद्युत आयोजना पुन: संचालनमा

बन्द भएको सात महिनापछि काबेली बी-१ जलविद्युत आयोजना पुन: संचालनमा

बन्द भएको सात महिनापछि काबेली बी-१ जलविद्युत आयोजना पुन: संचालनमा

काठमाडौँ ,१० माघ- अरुण काबेली पावर लिमिटेडले फेरि  विद्युत उत्पादन पुन शुरु गरेको छ।  कम्पनीको परियोजना काबेली बी–१ जलविद्युत आयोजनको विद्युत उत्पादन कम्पनीले फेरि सुचारु गरेको हो। 

काबेली बी-१ जलविद्युत आयोजनले पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाहरुको सिमाना भएर बहने काबेली नदीमा २५ मेगावाट उत्पादन गर्ने छ। 

यस कम्पनीको जेठ ३२ २०८० मा  पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरुमा क्षति भइ काबेली बी-१ जलविद्युत आयोजनको विद्युत उत्पादन बन्द भएको थियो। 

कम्पनीले सोको मर्मत तथा संभार गरी माघ १०  गते बिहान ३ बजे देखि आयोजन पुन सञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुन शुरु भएको हो। 

सम्बन्धित समाचार