Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर

नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर

अर्थ प्लस
नेपाल बैंकले बढायो असोज महिनाका लागि निक्षेपको ब्याजदर

काठमाडौं, भदौ ३१ । नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ ।    

बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । 

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।  

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.३० प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि संस्थागतर्फ बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिएको थियो । 

सम्बन्धित समाचार