Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

अर्थ प्लस
ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’को  पुरुष र महिलातर्फको उपाधि

आइतवार, असोज ६ २०८१
काठमाडौँ - नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए । उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरू सहभागि रहेका थिए ।

अन्तर बैंक फुटसल २०८१ को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ ।

उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो ।

ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन् । आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन्।

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ ।

अन्तर बैंक फुटसल २०८० मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको बिजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधि लगातार दोस्रो पटक हो ।

सम्बन्धित समाचार