Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिद्धार्थ बैंकका ग्राहकहरुले जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहरुले जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरुले जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने

आइतवार, असोज ६ २०८१
काठमाडौँ - सिद्धार्थ बैँक लिमिटेड र जङ्गल भिल्ला रिसोर्ट प्रा.लि.(पटिहानी, चितवन) बीच सम्झौता भएको छ । सिद्धार्थ बैँक र जङ्गल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार