Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

अर्थ प्लस
आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

काठमाडौ, ११ माघ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भुभागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार देशका पहाडी भूभागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । 

तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार