Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

झन्डै तीन गुणा घट्यो सुनको आयात, तस्करीको प्रभाव हो ?

झन्डै तीन गुणा घट्यो सुनको आयात, तस्करीको प्रभाव हो ?

झन्डै तीन गुणा घट्यो सुनको आयात, तस्करीको प्रभाव हो ?

काठमाडौ, ११ माघ । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको ६ महिनामा सुन आयातमा कमी आएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० को पुष मसान्तसम्मको तुलनामा चालु आर्थिक बर्ष २०८०/८१ मा सुनको आयात झन्डै तीन गुणाले कम भएको देखिएको हो । 

गत आर्थिक बर्षको ६ महिनासम्मको अवधीमा नेपालले ३० अर्ब २२ करोड रुपैयाँ बराबरको १ हजार ८ सय ५४.८५३ किलो सुन आयात गरेको थियो । तर, चालु आवको पहिलो ६ महिना (साउन–पुस) मा भने १२ अर्ब ६ करोड रुपैयाँ बराबरको १ हजार ४ सय ४६.३४३ किलो सुन आयात भएको देखाएको छ । गत वर्ष ६ महिनाको तुलनामा यो वर्ष १८ अर्ब २६ करोड रुपैयाँले कम सुन आयात भएको हो ।

विभागको तथ्याङ्क अनुसार सरकारले सुन आयात कोटा बढाउदा पनि भित्रिने परिमाणमा भने गिरावट आएको छ । कोभिड महामारीलगत्तै विदेशी मुद्रा सञ्चिति घट्न थालेसँगै सरकारले आयात कडाइ गर्न भन्दै सुनको कोटा घटाएको थियो । 

त्यसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा  नेपाल राष्ट्र बैंकले गत असोजमा दैनिक परिमाण २० किलोमा पु¥याएको थियो । तर, परिमाण बढाउँदा पनि सुन आयात भने बढ्न नसकेको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ । 

किन घट्यो सुनको आयात ? 

सुनको आयात कम हुनुमा अवैध कारोबार, मूल्य वृद्धि र खपत घट्दै गएको व्यवसायीहरू बताउछन् । आर्थिक मन्दी, सुनको मूल्यमा आएको वृद्धि र सरकारको नीतिको कारण सुनको आयात घटेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । 

सुनको भाउ लगातार बढ्दै गएको कारण पनि सिजनकै समयमा सुनको माग घटेको उनी बताउछन् । २०७९ चैतबाट सुनको कारोबार एक लाख रुपैयाँ माथि नै भएरहेको छ । २०७५/७६ मा प्रति तोला सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा रहेको थियो । अहिले सुनको मूल्य प्रतितोला १ लाख १७ हजार छ ।

‘सुनको मूल्य एक लाखमाथि भएपछि कारोबारको साथै स्थानीय बजारमा माग पनि घटेको छ’, उनले भने, ‘एक त अन्तराष्ट्रियस्तरैमा सुनको भाउ महँगो भएको छ ।  साथै, सरकारले पछिल्लो समय भन्सार बढायो यसको प्रभाव पनि सुनको आयातमा परेको हो ।’  

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुनको भन्सार १० प्रतिशतबाट १५ प्रतिशतसम्म पुर्याएको थियो । 

यस्तै, अन्तराष्ट्रिय बजारमा सुनको गहनाको बजार नहुँदा ती २ लाख कालिगढ समस्यामा परेको उनले बताए । उनका अनुसार नेपालमा करिब २ लाख कालिगढले काम गरिरहेका छन् । तीमध्ये ७५ प्रतिशत विदेशी नागरिक हुन् भने २५ प्रतिशत नेपालका हुन् ।

तस्करीको प्रभाव हो ?

चोरी र तस्करीका माध्यमबाट अत्यधिक सुन भित्रिएका कारण वैधानिक बाटो भएर आउने सुनको कारण आयात घटेको व्यवसायीहरू बताउछन् । गत साउन ३ गते त्रिभुवन विभानस्थल हुँदै हङकङबाट ब्रेक प्याडमा लुकाएर रेडी ट्रेड्सले ल्याएको ६० किलो सुन समातिएको थियो । यस घटनाले उक्त कम्पनीले यसअघि पनि कयौँ पटक यसरी गैरकानुनी रूपमा सुन ल्याउने गरको रहस्य खोलेको थियो । 

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा सुन पगाल्ने फ्याक्ट्रीसम्मको तथ्य सार्वजनिक भइसकेको छ । त्यस्तै, चीनबाट भेप (विद्युतीय सिगरेट)मा लुकाएर सुन ल्याउने गरेको तथ्यको कारण विदेशमा काम गर्ने नेपालीहरूले आफ्नै सुन ल्याउन पनि महँगो भन्सार शुल्क तिर्नु परेको अवस्था छ । आर्थिक मन्दीका कारण बजारमा चहलपहल घटेको र आएको सुनले माग धानेको अध्यक्ष शाक्यले बताए ।

चालु आवको कुन महिनामा कति सुन भित्रियो ? 

साउन– २०० केजी
भदौ– ३०० केजी
असोज– ४०० केजी 
कार्तिक– १०० केजी
मंसिर– २०० केजी
पुष– २४६ केजी

सम्बन्धित समाचार