Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आज ५० अर्ब झिक्दै राष्ट्र बैंक

आज ५० अर्ब झिक्दै राष्ट्र बैंक

अर्थ प्लस
आज ५० अर्ब झिक्दै  राष्ट्र बैंक

काठमाडौं, असोज १३ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ ।  

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २० गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

सम्बन्धित समाचार