Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

लक्ष्मी सनराइज बैङ्कले नेपाली डिजिटल बैङ्किङ्गको रूपान्तरण गर्दै, विदेशमा रहेका ग्राहकहरूका लागि प्रभावकारी हुने

लक्ष्मी सनराइज बैङ्कले नेपाली डिजिटल बैङ्किङ्गको रूपान्तरण गर्दै, विदेशमा रहेका ग्राहकहरूका लागि प्रभावकारी हुने

लक्ष्मी सनराइज बैङ्कले नेपाली डिजिटल बैङ्किङ्गको रूपान्तरण गर्दै, विदेशमा रहेका ग्राहकहरूका लागि प्रभावकारी हुने

काठमाडौ, ११ माघ । लक्ष्मी सन्राइज बैङ्कले आधुनिक बैङ्किङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैङ्किङ्ग सेवा OrangeNXT को थालनी  गरेको छ । एफवान सफ्ट अन्तर्गतको  FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैङ्किङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

इचबलनभल्ह्त्ले मोबाईल बैङ्किङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल–बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरू प्रदान गर्नेछ । 

ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैङ्किङ्ग सेवा दिने लक्ष्मी सनराइज बैङ्कको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।  बैङ्कका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैङ्किङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङ्गा साबित हुन सक्छ । 

परम्परागत मोबाईल बैङ्किङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, OrangeNXT मार्फत बैङ्किङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैङ्किङ्ग सेवा प्रदान गरिनेछ । 

FoneNXT  का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैङ्किङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस OrangeNXT ले बैङ्किङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ ।  

अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट फिन टेक दक्षताको माध्यमबाट OrangeNXT को सेवालाई थप उचाई दिने FoneNXT को रणनैतिक सहभागिताको बैङ्कले धन्यवादसमेत ज्ञापन गरेको छ ।

सम्बन्धित समाचार