काठमाडौ, ११ माघ । मनकामना केवलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.लि. र मेरिना इम्पेक्सबिच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुनजुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौतामा मनकामना दर्शन प्रा.लि.का तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरूले मनकामना दर्शनले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ ।
त्यसैगरी मेरिना इम्पेक्सका ग्राहकहरूले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरूलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउनेछ । उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरूलाई १० प्रतिशत छुट दिनेछ ।
