Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रधानमन्त्री उद्धार कोषमा नेपाल एसबिआई बैंकको २५ लाख

प्रधानमन्त्री उद्धार कोषमा नेपाल एसबिआई बैंकको २५ लाख

अर्थ प्लस
प्रधानमन्त्री उद्धार कोषमा नेपाल एसबिआई बैंकको २५ लाख

काठमाडौं, असोज २० । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रुपैंया सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका थिए । सो कार्याक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा , प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, बिकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित समाचार