Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १५.५३% लाभांश प्रस्ताव पारित

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १५.५३% लाभांश प्रस्ताव पारित

अर्थ प्लस
एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १५.५३% लाभांश प्रस्ताव पारित

आइतवार, असोज २० २०८१
काठमाडौँ र एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षका लागि पुन निर्बिरोध निर्वाचित गरेको छ । 

आ.ब २०८/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

सम्बन्धित समाचार