Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण 

सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण 

अर्थ प्लस
सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण 

सोमबार, २१ असोज २०८१
काठमाण्डौं- सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला श्री भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक श्री माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख श्री ठाकुर उप्रेतीज्यूले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

दुर्घटनाका कारण मृत्यु भएका श्री भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोल्नुभएको थियो ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

सम्बन्धित समाचार