Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

हिमालयन एभरेष्टको शेयरमूल्य समायोजन

हिमालयन एभरेष्टको शेयरमूल्य समायोजन

हिमालयन एभरेष्टको शेयरमूल्य समायोजन

माघ १२ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) को शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात माघ १४ गते बुकक्लोज गर्दैछ।

नेप्सेले यस दिन इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सम्बन्धित समाचार