Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग

अर्थ प्लस
सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग

काठमाण्डौ । सिद्घार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज १० गतेदेखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले यस दःुखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको जनाएको छ ।  

बैंकले विभिन्न समयमा दैवीप्रकोपमा परेका पीडितहरुको उद्दार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।

सम्बन्धित समाचार