Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

मन्जुश्री फाइनान्स र बुद्ध एयरलाईन्सबीच सम्झौता

मन्जुश्री फाइनान्स र बुद्ध एयरलाईन्सबीच सम्झौता

अर्थ प्लस
मन्जुश्री फाइनान्स र बुद्ध एयरलाईन्सबीच सम्झौता

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाईन्सबीच सम्झौता भएको छ । सम्झौता बमोजिम मन्जुश्री फाइनान्सका ग्राहक एबम् कर्मचारीहरुलाइ बुद्ध एयरलाईन्सको सम्बन्धित काउन्टरबाट टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट दिनुको साथै छुटको लाभ लिने ग्राहकले बुद्ध एयरको सम्बन्धित काउन्टरमा गइ आफ्नो मोबाइल बैंकिंग एप अथवा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ । 

ग्राहक तथा कर्मचारीको सुविधालाई ध्यानमा राख्दै मन्जुश्री फाइनान्सले सो सम्झौता गरेको जनाएको छ ।  

छुटसम्बन्धि  समझदारीमा फाइनान्सको तर्फ़बाट प्रमुख व्यापार अधिकृत गणेश खत्री तथा बुद्ध एयरलाईन्सको तर्फबाट मार्केटिंग सेल्स डाईरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार