Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

काठमाडौं, १२ माघ । ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।

नेप्सेमा सूचीकृत २ सय ४९ वटा कम्पनीमध्ये ९१ वटा कम्पनी हाइड्रोपावर नै छन् । अहिलेको अवस्थामा एक तिहाई भन्दा बढी कम्पनी हाइड्रोपावर क्षेत्रकै छन् । नयाँ आईपीओ माग गर्ने कम्पनीमध्ये पनि अधिकांश हाइड्रोपावर क्षेत्रका कम्पनीहरु नै छन् ।

हाइड्रोपावर कम्पनीलाई नियमन गर्न सरकारले विद्युत नियमन आयोग गठन गरेको छ । हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्न र हकप्रद शेयर निष्काशन गर्न समेत आयोगको स्वीकृति चाहिन्छ । पछिल्लो समय आयोगले नयाँ आयोजनामा लगानी बढाउन र सञ्चालन भइसकेका आयोजनाको ऋण तिर्न समेत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिन थालेपछि हकप्रद शेयर निष्काशन गर्ने हाइड्रोपावर कम्पनीहरु बढ्न थालेका हुन ।

विद्युत नियमन आयोगले एक दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरिसकेको छ । खानीखोला हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, दोर्दी खोला जलविद्युत, दिव्यश्वरी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, पिपल्स पावर, सिंगटी हाइड्रो इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बरुण हाइड्रोपावरलाई नियमन आयोगले हकप्रद निष्काशन अनुमति दिइसकेको छ । खानीखोला, राप्ती हाइड्रो, दोर्दी खोला जलविद्युत, युनाइटेड मोदी, सिंगटी हाइड्रो, अरुण भ्याली हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बरुण हाइड्रोपावरले १ बराबर १ को अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको हो । दिब्यश्वरी हाइड्रोपावरले १ बराबर २ को अनुपातमा हकप्रद शेयरको आवेदन दिए पनि १ बराबर १ को अनुपातमा मात्रै आयोगले स्वीकृति दिएको हो ।

लिबर्टी इनर्जीले ५० प्रतिशत, पिपल्स पावर लिमिटेड ५० प्रतिशत, रिडी पावरले ५० प्रतिशत, आँखु खोला जलविद्युतले १ सय ५० प्रतिशत र जोशी हाइड्रोपावरले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न आयोगबाट अनुमति पाएको हो ।

 धितोपत्र बोर्डमा अहिले लिबर्टी इनर्जीले चुक्ता पुँजीको ५० प्रतिशत, ङादी ग्रुप पावरले शतप्रतिशत, आँखुखोला जलविद्युतले १ सय ५० प्रतिशत, बरुण हाइड्रोपावरले शतप्रतिशत, जोशी हाइड्रोपावरले ६५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति मागेका छन् ।

चालु आर्थिक वर्षमा अहिलेसम्म घलेम्दी हाइड्रो, सिगंटी हाइड्रो, अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ । घलेम्दीले १ बराबर २ को अनुपातमा १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता शेयर निष्काशन अनुमति पाएको थियो भने सिंगटी हाइड्रो इनर्जीले १ बराबर १ को अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता शेयर निष्काशन गर्न अनुुमति पाएको छ । त्यसैगरी अरुण भ्याली हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । त्यसैगरी रिडी पावर कम्पनीले १ बराबर शून्य ५ को अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

सम्बन्धित समाचार