काठमाडौं, कात्तिक १३ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच आगामी ११.११ अभियानका लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने नीतिअनुरुप दराज नेपालसँग समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।
यस समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
अनलाईन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सेक्योर्ड भएका यस बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डहरुमार्फत भुक्तानी गर्दा कारोबार थप सहज र सुरक्षित समेत हुनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
