Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

सेबोनको पाइपलाइनमा थपिए वरुण इन्भेस्टमेन्ट र मारुती सिमेन्टको आइपिओ

सेबोनको पाइपलाइनमा थपिए वरुण इन्भेस्टमेन्ट र मारुती सिमेन्टको आइपिओ

सेबोनको पाइपलाइनमा थपिए वरुण इन्भेस्टमेन्ट र मारुती सिमेन्टको आइपिओ

काठमाडौं, १२ माघ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा वरुण इन्भेस्टमेन्ट र मारुती सिमेन्टको आइपिओ थपिएका छन् ।

वरुण इन्भेस्टमेन्ट लिमिटेडले २४ लाख ७५ हजार कित्ता प्राथमिक सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले पुस २५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी लगानी सेक्टरको कम्पनी रहेको छ ।

मारुती सिमेन्ट कम्पनीले एक करोड १६ लाख कित्ता सेयर प्रिमियमसहित २७७ रुपैयाँमा निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले पुस २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टिङ बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

सम्बन्धित समाचार