Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

अर्थ प्लस
सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं, मंसिर १२ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच बैंकले दर्ता गरेका नेपाल पे मर्चेन्टहरुको क्युआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ।

विशेष गरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन्।

मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था छ। यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पुर्‍याउनेछ भने, यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउनेछ।

यस प्रणाली बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सकिनेछ।

सम्बन्धित समाचार