Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बिच सम्झौता

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बिच सम्झौता

अर्थ प्लस
नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बिच सम्झौता

काठमाडौं, मंसिर १३ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने Consultation शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरे ।

सम्बन्धित समाचार