Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

अर्थ प्लस
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौं, मंसिर १४ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरीराउण्ड टेबल नेपाल सँग समझदारी गरेको छ । यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको “बालबालिकालाई शिक्षित गरौं “ भन्ने परियोजनामा थप टेवा पुग्नेछ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नैतिनकुने टोल सुधार समिति, काठमाण्डौंलाई फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो ।

बैंकको सामुदायिक सरसफाईमा योगदान पु¥याउने दीर्घकालिन प्रतिबद्घता अनुरुप यस किसिमको सहकार्य गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरुप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित “पाटन हेरिटेज रनवे” आयोजना गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसै गरी दैनिक कामकाजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न श्री शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ । यस पश्चात मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुनेछ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार