Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बजारमा अण्डाको मूल्य बढेपछि ग्राहकले प्रतिगोटा कति तिर्नुपर्छ ?

बजारमा अण्डाको मूल्य बढेपछि ग्राहकले प्रतिगोटा कति तिर्नुपर्छ ?

अर्थ प्लस
बजारमा अण्डाको मूल्य बढेपछि ग्राहकले प्रतिगोटा कति तिर्नुपर्छ ?

सोमवार, मंसिर १७ २०८१

काठमाण्डौं । बजारमा अण्डाको माग बढेपछि मूल्य बढेको छ। माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो। ग्राहकले प्रतिगोटा अण्डा २० रूपैयाँ तिर्नुपर्दछ ।

शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलका अनुसार बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।

उनका अनुसार यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ थियो। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ। 

यो किसानले पाउने मूल्य हो। बजारको माग अनुसार अण्डाको मूल्य घटबढ हुन सक्ने अध्यक्ष पोखरेलले बताए । जाडो महिनामा अण्डाको माग बढि हुन्छ । 

 

सम्बन्धित समाचार