Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सानिमा बैंकद्वारा २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

सानिमा बैंकद्वारा २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

अर्थ प्लस
सानिमा बैंकद्वारा २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौँ, मंसिर २१ । सानिमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

मंसिर २१ गते बिहीबार बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरु र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार