Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सिटिजन्स बैंकको २ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं, पुस २ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख २० हजार ७ कित्ता सेयर बिक्री खुलाएको छ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (पुस २ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार