Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको तरकारी तथा फलफूलको मूल्यः काउली प्रतिकेजी ७५, करेला ११५ र कुरीलो ११ सय रुपैयाँ 

आजको तरकारी तथा फलफूलको मूल्यः काउली प्रतिकेजी ७५, करेला ११५ र कुरीलो ११ सय रुपैयाँ 

अर्थ प्लस
आजको तरकारी तथा फलफूलको मूल्यः काउली प्रतिकेजी ७५, करेला ११५ र कुरीलो ११ सय रुपैयाँ 

शुक्रवार, पुस ५ २०८१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, करेला ११५ रुपैयाँ, कुरीलो ११ सय रुपैयाँ, ठूलो भारतीय गोलभेडा ९५ रुपैयाँ, लोकल सानो गोलभेडा ९५ रुपैयाँ, टनेल गोलभेडा ६० रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, भारतीय रातो आलु ५२ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा र सुकेको प्याज ७२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै, गाजर, बकुला, लौका र भेडे खुर्सानी प्रतिकेजी ९५ रुपैयाँ, लोकल बन्दा, पाकेको फर्सी र चमसूर साग ५५ रुपैयाँ, नरिवल बन्दा, हाइब्रिड सेतो मूला, हरियो फर्सी, तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० १०५ रुपैयाँ, तराई काउली, लाम्चो भन्टा र रातो बन्दा ६५ रुपैयाँ, तने बोडी १२५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, मकै बोडी, पालूगो साग, हरियो प्याज, बरेला र पिंडालू ७५ रुपैयाँ र रायोको साग २५ रुपैयाँ रहेको छ । 

सम्बन्धित समाचार