Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान

नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान

अर्थ प्लस
नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौँ , पुस ५ । नेपाल एसबिआई बैंकले चितवनको एक संस्कृत विद्यालयलाई आर्थिक सहायता प्रदान गरेको छ । बैंकले चितवन रत्ननगरमा रहेको गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख,प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको जनाएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार