Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

अर्थ प्लस
नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

सोमवार, पुस ८ २०८१
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिच आइतबार एक सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएकोे छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.कोतर्फबाट अध्यक्ष दयासागर साहले हस्ताक्षर गरे ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् । 

सम्बन्धित समाचार