Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा दुई शाखा विस्तार

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा दुई शाखा विस्तार

अर्थ प्लस
एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा दुई शाखा विस्तार

काठमाडौं, पुस १२ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला पाँचथरमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो ।

यी दुई शाखाको सञ्चालनपश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवाविस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

एभरेष्ट बैंकले आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा समेत दिँदै आइरहेको छ ।

 

सम्बन्धित समाचार