Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्ने सम्झौता

आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्ने सम्झौता

अर्थ प्लस
आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्ने सम्झौता

काठमाडौं, पुस १२ । आईटी कम्पनी आईएमएस सफ्टवेयर प्रालि र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानफ प्रविधि कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको प्रधान कार्यालयमा भएको हो ।

सम्झौतामा आईएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्रकार र हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजय मान नकर्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईएमएस सफ्टवेयर प्रालिले हिमालयन बैंकको प्वाइन्ट अफ सेल (पिओएस) उपकरणहरूमा अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्नेछ । यस नवीन प्रविधिले कार्ड र क्युआरम आधारित भुक्तानीलाई छिटो र सुरक्षित बनाउँदै ग्राहक र व्यापारीहरूलाई उच्च सुविधा प्रदान गर्नेछ ।

साथै, हिमालयन बैंकका पिओएस उपकरणहरू आईएमएस सफ्टवेयरको प्रख्यात बिलिङ सफ्टवेयरसँग एकीकृत गरिनेछ ।

यो प्रविधिको मुख्य विशेषता व्यापारीहरूले म्यानुअल रूपमा रकम प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनु हो, जसले लेनदेन प्रक्रियालाई सजिलो बनाउनुका साथै सम्भावित त्रुटिहरूलाई कम गर्नेछ ।

सम्बन्धित समाचार