Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको तरकारी तथा फलफूलको मूल्य, घट्यो गोलभेडा, आलुदेखि रायोको सागसम्मको भाउ 

आजको तरकारी तथा फलफूलको मूल्य, घट्यो गोलभेडा, आलुदेखि रायोको सागसम्मको भाउ 

अर्थ प्लस
आजको तरकारी तथा फलफूलको मूल्य, घट्यो गोलभेडा, आलुदेखि रायोको सागसम्मको भाउ 

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु १५०, बन्दा (लोकल) प्रतिकेजी रु ४० कायम भएको छ ।

समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ७०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङो प्रतिकेजी रु १००, चमसुर प्रतिकेजी रु १००, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १२०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १३० र एक केजी गुन्द्रुकको मूल्य रु ३०० तोकेको छ ।

सम्बन्धित समाचार