Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

बैंकहरुको ब्याजदर निरन्तर घट्दै गएपछि बढी प्रतिफल आउने क्षेत्रको खोजीमा निक्षेपकर्ता, ब्याज खानेलाई भन्दा शेयर किन्नेलाई फाइदा

बैंकहरुको ब्याजदर निरन्तर घट्दै गएपछि बढी प्रतिफल आउने क्षेत्रको खोजीमा निक्षेपकर्ता, ब्याज खानेलाई भन्दा शेयर किन्नेलाई फाइदा

बैंकहरुको ब्याजदर निरन्तर घट्दै गएपछि बढी प्रतिफल आउने क्षेत्रको खोजीमा निक्षेपकर्ता, ब्याज खानेलाई भन्दा शेयर किन्नेलाई फाइदा

काठमाडौं, १९ माघ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै लगेका छन्। १२ प्रतिशतसम्म पुगेको ब्याजदर अहिले ८ प्रतिशतको हाराहारीमा झरेको छ। पछिल्लो केहि महिनामा नै बैंकहरुको निक्षेपको ब्याजदर उच्च दरमा घटिसकेको छ।

माघसम्ममा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ८.१६ प्रतिशतमा झरेको छ। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ६.१२ प्रतिशतमा झरेको छ।

केहि महिनाअघि बैंकहरुले मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै गएको कारण बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउदै लगेका छन्। अहिले मुद्दती निक्षेपमा निक्षेप राख्ने व्यक्तिगत निक्षेपकर्ताले ८ प्रतिशतको हाराहारीमा मात्रै ब्याजदर पाउने अवस्था छ। संस्थागत निक्षेपकर्ताले ६ प्रतिशतको हाराहारीमा मात्रै ब्याज पाउछन्। गत वर्षकोभन्दा अहिले ब्याजदर करिब ४ प्रतिशतविन्दुले घटिसकेको छ। बैंकहरुले फागुनमा अझै ब्याजदर घट्न सक्ने बताइरहेका छन्।

यस्तो छ गत माघसम्मको बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर

  • डेढ वर्ष यताकै न्युन विन्दुमा ब्याजदर

नेपाल राष्ट्र बैंककाे तथ्याँक अनुसार बैंकहरुको निक्षेपको औसत ब्याजदर डेढ वर्ष यताकै न्युन विन्दुमा झरेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको मंसिर महिनाको तथ्याँक अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर डेढ वर्ष यताकै न्युन विन्दुमा झरिसकेको छ। मंसिरमा बैंकहरुको निक्षेपको औसत ब्याजदर ७.६२ प्रतिशत कायम भएको छ। यसअघि २०७८ असरमा निक्षेपको औसत ब्याजदर ७.४१ प्रतिशत थियो भने साउनमा ७.६४ प्रतिशत पुगेको थियो। सो पश्चात बढ्दै गएको ब्याजदर गत २०७९ माघमा औसतमा ८.५१ प्रतिशत पुगेर घट्न थालेको हो।

मुद्दती निक्षेपमा पैसा राखेर ब्याज खाइरहेका संस्थागत र व्यक्तिगत निक्षेपकर्ताहरु ब्याजदर निरन्तर घट्दै गएपछि बढी प्रतिफल आउने क्षेत्रमा लगानी गर्न खोजिरहेका छन्। बैंकको मुद्दती निक्षेप सुरक्षित भए पनि ब्याजदर निरन्तर घट्दै गएपछि निक्षेपकर्ताहरु विकल्पको खोजीमा लागेका हुन्।

पछिल्लो समय बैंककको मुद्दती निक्षेपमा भन्दा शेयरमा बढी प्रतिफल देखिएको छ। विगतको तुलनामा अहिले लाभांश दर घट्दै गएको छ तर पछिल्लो केहि वर्षको औसत लाभांश हेर्ने हो भने निक्षेपमा भन्दा बढी प्रतिफल शेयरमा पाएका छन्। पछिल्लो ९ वर्षको लाभांश हेर्दा बैंकहरुले औसतमा १७ प्रतिशत लाभांश दिएका छन्। गत वर्ष भने धेरै बैंकहरुले लाभांश दिन नसक्दा लाभांश दर घटेर साढे ८ प्रतिशतमा झरेको छ।

गत आर्थिक वर्षमा बैंकहरुको इक्वीटीमा प्रतिफल औसतमा १०.६८ प्रतिशत रहेको छ। यसको मतलब १०० रुपैयाँको लगानीमा बैंकहरुले १० रुपैयाँ ६८ रुपैयाँ प्रतिफल दिन सक्छन। यस आधारमा पनि बैंकहरुको मुद्दतीमा भन्दा शेयरमा बढी प्रतिफल पाउन सक्ने देखिन्छ।

पछिल्लो ९ वर्षको बैंकहरुको औसत लाभांश

अहिले अधिकाँश बैंकहरुको शेयरमूल्य ५२ हप्ताको न्युन मूल्य नजिक रहेको अवस्था छ। यसले गर्दा शेयरमा लगानी गर्दा लाभांशको साथै पूँजीगत लाभको समेत सम्भावना रहन्छ। तर मुद्दती निक्षेपमा भन्दा शेयरमा लगानी गर्दा जोखिम भने बढी हुन्छ।

सम्बन्धित समाचार