Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नबिल बैंकको सिनियर डिसिओमा ज्ञवालीको बढुवा, दुई दशकबढी काम गरेको अनुभव

नबिल बैंकको सिनियर डिसिओमा ज्ञवालीको बढुवा, दुई दशकबढी काम गरेको अनुभव

अर्थ प्लस
नबिल बैंकको सिनियर डिसिओमा ज्ञवालीको बढुवा, दुई दशकबढी काम गरेको अनुभव

काठमाडौं । नबिल बैंकले महाप्रबन्धक रहेका मनोज कुमार ज्ञवालीलाई डिसिइओमा बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको गत बिहीवार बसेको बैठकले ज्ञवालीलाई डिसिओमा बढुवा गरेको हो । 

उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। यसअघि ज्ञवाली डेपुटी सिइओ थिए। अब उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सिइओ हुनेछन् । यसअघि नबिल बैंकको सिनियर डेपुटी सिइओ रूपमा सुजित शाक्य छन् ।

चार बर्षअघि २०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डिजिए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डिजीएम डेपुटी सीइओ हुँदै सिनियर डिसिइओमा बढुवा भएका हुन् ।

नबिल बैंकमा आउनुअघि उनी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा प्रष्ट बक्ता हुन् । 

उनीसँग नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्था, पुँजी बजारमा २ दशकबढी काम गरेको अनुभव छ । डिसिइओ ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । 

 

सम्बन्धित समाचार