Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

अर्थ प्लस
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

काठमाडाैं, पुस १७ । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकको सुविधाका लागि कुमारी परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार