Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबीआई बैंकको बार्षिक साधारणसभा भव्य रुपले सम्पन्न

नेपाल एसबीआई बैंकको बार्षिक साधारणसभा भव्य रुपले सम्पन्न

अर्थ प्लस
नेपाल एसबीआई बैंकको बार्षिक साधारणसभा भव्य रुपले सम्पन्न

काठमाडौं, पुस २१ । नेपाल एसबीआई बैंक लिमिटेडको बार्षिक साधारणसभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न भएको छ । उक्त सभाले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुको साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति पनि गरेको हो ।बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु ३९९,००५, ७८६.७२ बराबर (चुक्ता पुँजीमा ३.८० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफा र नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो 

सभाले बैंकले आ.व.२०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु। ८,८८७,१५३.१८ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो खर्च अनुमोदन उक्त प्रस्ताव पारित भएको छ । सञ्चालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय सञ्चालकहरूलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री बापतको मासिक खर्च वृद्धि गर्न बैंकको नियमावलीको नियम २९ को उपनियम (ख) र (घ१) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गख्र्याउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्याउने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको हो ।

सम्बन्धित समाचार