Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मुक्तिनाथ विकास बैंकको ‘एनिभर्सरी बोनान्जा’ अफर सार्वजनिक, नगददेखि मोबाइलसम्म जित्न सकिने

मुक्तिनाथ विकास बैंकको ‘एनिभर्सरी बोनान्जा’ अफर सार्वजनिक, नगददेखि मोबाइलसम्म जित्न सकिने

अर्थ प्लस
मुक्तिनाथ विकास बैंकको ‘एनिभर्सरी बोनान्जा’ अफर सार्वजनिक, नगददेखि मोबाइलसम्म जित्न सकिने

काठमाडौं, पुस २३ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९औं वर्ष प्रवेश गरेको अवसरमा ‘एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ । योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको रकम कनेक्ट आईपीएसमार्फत ट्रान्सफर गर्ने ग्राहकहरू मध्येबाट २ जनालाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने बैंकले जनाएको छ ।

यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १०० को टपअप प्राप्त गर्नेछन् । यो योजना यही पुस १९ देखि माघ १९ गतेसम्म कायम रहने बैंकले जनाएको छ ।​ ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न ‘एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरिएको हो ।​

यस्तै, मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५ सम्म प्राप्त गर्न सक्नेछन् । ​ यस्तै, तेस्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरूले यस अवधिमा कारोबार संख्या ३ र रकम रु २०० सम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २०० सम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरू मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना यही पुस १९ देखि २५ गतेसम्मका लागि रहेको बैंकले जनाएको छ ।

यसका साथै मोबाइल बैंकिङमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १००० क्यास ब्याक प्रदान गरिने छ । साथै क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरू मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास ब्याक प्रदान गरिने छ । यो योजना पनि पुस २५ गतेसम्मका लागि रहनेछ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार